माघ २५, वीरगंज । प्याब्सन पर्साको आयोजनामा आगामी फागुन ५ गतेदेखि ९औँ प्याब्सन अन्तरविद्यालय टी-२० नकआउट क्रिकेट प्रतियोगिता २०८१ सुरु हुने भएको छ। प्रतियोगिता नारायणी क्रिकेट मैदान, वीरगञ्जमा आयोजना गरिने छ । यस प्रतिष्ठित प्रतियोगितामा क्षेत्रभरका प्याब्सन सदस्य २० भन्दा बढी विद्यालयका टोलीहरूले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नु, खेल भावना, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुने टोलीहरूले टी(२० नकआउट ढाँचामा प्रतिस्पर्धा गर्नेछन् ।
प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीका अनुसार यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा योगदान पुर्याउनुका साथै उनीहरूलाई प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ । सचिव अशोक सङ्ग्रौलाले पनि प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले फागुन २ गतेभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । प्याब्सन पर्सामा दर्ता भएका विद्यालयका टोलीहरूलाई मात्र सहभागीता दिन अनुमति दिइनेछ। प्रतियोगितासम्बन्धी जानकारीका लागि संयोजक इमामुद्दिन अहमदसँग सम्पर्क गर्न सकिने छ ।
प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न गर्ने तयारी रहेको र यसले क्षेत्रीय स्तरमा खेलकुद प्रवर्द्धनमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।