९औं प्याब्सन नेपाल मेडिसिटी इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल सम्पन्न

९औं प्याब्सन नेपाल मेडिसिटी इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेल सम्पन्न

फागुन ८, वीरगंज । ९औं प्याब्सन नेपाल मेडिसिटी इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत पहिलो दिनका खेल सम्पन्न भएका छन् । वीरगञ्जमा जारी प्रतियोगितामा बुधवार तीन वटा खेल खेलेका थिए ।

पहिलो खेलमा गोल्डेन फ्युचर र म्यारिगोल्ड भिडेका थिए । टस जितेर म्यारिगोल्डले पहिला बलिङ गर्ने निर्णय गरेको थियो । टस हारेर ब्याटिङ गरेको गोल्डेन फ्युचरले ८ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो। जवाफमा म्यारिगोल्ड ८० रनमै समेटिएपछि गोल्डेन फ्युचरले ३१ रनको जित हासिल ग(यो । उस्मान अन्सारी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा मूनलाइट र कञ्चनजङ्घा प्रतिस्पर्धा गरेका थिए । कञ्चनजङ्घाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि मूनलाइटले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै २३० रनको विशाल लक्ष्य प्रस्तुत ग(यो । मूनलाइटका लागि सेराजुल हवारीले उत्कृष्ट प्रदर्शन गरे । उनले ६० बलमा १५ चौका र १२ छक्काको मद्दतले १५५ रन बनाउँदै नटआउट रहे । २३१ रनको लक्ष्य लिएर मैदान उत्रिएको कञ्चनजङ्घा मात्र ३३ रनमै समेटिएपछि मूनलाइटले १९७ रनको फराकिलो जित दर्ता ग(यो । सेराजुल हवारी खेलका उत्कृष्ट खेलाडी घोषित भएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए । ।

तेस्रो खेल डीएभी र ज्ञान ज्योति बीच भएको थियो। टस जितेर ज्ञान ज्योतिले पहिला फिल्डिङ गर्ने निर्णय ग(यो । डीएभीले ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य ज्ञान ज्योतिले ७ ओभरमै मात्र १ विकेट गुमाउँदै पूरा गर्दै सहज जित हासिल ग(यो। दिवाकर झा प्लेयर अफ द म्याच घोषित भए ।

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस