प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता सम्पन्न, खड्गबहादुर खड्का प्रथम

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ फागुन १०, शनिबार (१ महिना अघि)
  • ४९ पटक पढिएको
प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता सम्पन्न, खड्गबहादुर खड्का प्रथम

फागुन १०, काठमाण्डौँ ।  महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रधान सेनापति खुल्ला म्याराथन २०८१ को दशौं संस्करण आज सम्पन्न भएको छ।

कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुल्ला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुल्ला महिलारपुरुष), १० किलोमिटर दौड (छात्र तथा छात्रा), १० किलोमिटर दौड (सैनिक अधिकृत र सैनिक सहचारी) , ५ किलोमिटर दौड (छात्र तथा छात्रा ) र ५ किलोमिटर वाकाथन विधाहरू समावेश थियो ।

उक्त प्रतियोगिताको ४२.१९५ किलोमिटर खुल्ला म्याराथन तर्फ नेपाली सेनाका हुद्दा खड्ग बहादुर खड्काले निर्धारित दुरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पुरा गरी प्रथम भएका छन् ।

त्यसै गरी २१ किलोमिटर हाफ म्याराथन खुल्ला पुरुष तर्फ नेपाली सेनाका प्युठ मुकेश बहादुर पालले निर्धारित दुरी १ घण्टा ०४ मिनेट ४१ सेकेन्डमा पुरा गरी प्रथम स्थान र २१ किलोमिटर हाफ म्याराथन खुल्ला महिला तर्फ सन्तोषी श्रेष्ठले निर्धारित दुरी १ घण्टा १७ मिनेट ०४ सेकेन्डमा पुरा प्रथम भएकी छन् ।

विभिन्न विधाहरूमा विजयी धावकहरूलाई माननीय रक्षा मन्त्री मानवीर राई, प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल, पूर्व प्रधानसेनापतिहरू, सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देल, बलाधिकृत रथी, बलाध्यक्ष रथी तथा काठमाडौं महानगरपालिकाका र MAW Rides Pvt Ltdका प्रतिनिधिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, लगायत विभिन्न सरकारी निकायका पदाधिकारीहरू, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू, विभिन्न खेलका प्रशिक्षकहरू, सैनिक सहचारीहरू, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस