मच्छिन्द्र फुटबल क्लबलाई इटहरी गोल्डकपको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ फागुन ११, आईतबार (१ महिना अघि)
  • ३१ पटक पढिएको
मच्छिन्द्र फुटबल क्लबलाई इटहरी गोल्डकपको उपाधि

फागुन ११,काठमाडौँ । पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाण्डौले जितेको छ । इटहरी रङ्गशालामा हिजो भएको फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई दुई गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो ।

मच्छिन्द्र क्लबका मल्लिक हिसुबले खेलको चौथो मिनेटमा र ओमोलाजा नुरेन हरेनले ८५ औँ मिनेटमा गोल गरे । उपाधिसँगै मच्छिन्द्रले १० लाख र उपविजेता सगरमाथाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की भएका छन् । उनले नगद एक लाख प्राप्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस