महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट: युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ फागुन २९, बिहिबार (१ महिना अघि)
  • ७३ पटक पढिएको
महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट: युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

फागुन २९,काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत युगान्डाविरुद्धकै खेलमा नेपालले ९२ रनको लक्ष्य पाएको छ।

निर्धारित २० ओभरको खेलमा युगान्डाले ५ विकेट गुमाएर ९१ रन बनाएसँगै नेपालले ९२ रनको लक्ष्य पाएको हो।

युगान्डाविरुद्ध आजको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको थियो। युगान्डाको एन्टेबे क्रिकेट मैदानमा युगान्डाका कप्तान जेनेत मम्बाजीले टस जित्दै पहिले ब्याङि गर्ने निर्णय लिएकी थिइन्।

प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार बेहोरेको थियो। यसअघिको भेटमा युगाण्डा नेपालसँग एक विकेटले पराजित भएको थियो। साथै नेपालले नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजय भइसकेको छ। नेपाल अङ्क तालिकाको पुच्छारमा छ।

ताजा अपडेट

खोजी गर्नुहोस