नेशनल प्याब्सन वीरगञ्ज महानगरको आयोजनामा टी–२० क्रिकेट प्रतियोगिता सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ चैत्र २५, सोमबार (१ हप्ता अघि)
  • ९७ पटक पढिएको
नेशनल प्याब्सन वीरगञ्ज महानगरको आयोजनामा टी–२० क्रिकेट प्रतियोगिता सुरु

चैत्र २५,वीरगञ्ज। नारायणी रङ्गशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) वीरगञ्ज महानगरको आयोजनामा टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेलेर संयुक्त रूपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह, सेली डटकमका अध्यक्ष राजेन्द्र प्रसाद कोइराला लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरूले नृत्य र शुभकामना गीत प्रस्तुत गरेका थिए, जसले समारोहलाई अझ आकर्षक बनाएको थियो ।

कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष जियालाल गुप्ताले गरेका थिए । आयोजक पक्षका अनुसार प्रतियोगिताले वीरगञ्जमा खेलकुदको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । प्रतियोगितामा नेशनल प्याब्सन अन्तर्गतका १६ वडा विद्यालयले सहभागिता जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस