नेपाल खेलकुद महासंघ समाजवादीद्वारा दसौं राष्ट्रिय खेलकुद तत्काल गर्न माग

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ३, बुधबार (३ दिन अघि)
  • ४१ पटक पढिएको
नेपाल खेलकुद महासंघ समाजवादीद्वारा दसौं राष्ट्रिय खेलकुद तत्काल गर्न माग

बैशाख ३, काठमाण्डौँ ।  नेपाल खेलकुद महासंघ समाजवादीले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता तत्काल आयोजना गर्न सरकारसँग माग गरेको छ। प्रतियोगिताको मिति तोकिसकेको अवस्थामा पनि सरकारले विभिन्न बहानामा मिति सार्दै प्रतियोगितालाई अनिश्चिततातर्फ धकेलेको भन्दै महासंघले कडा आपत्ति जनाएको हो।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको स्थगनले खेलाडीहरूको मनोबलमा गम्भीर असर परेको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, `दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने सपना बोकेर बसेका खेलाडीहरूमाथि सरकारले कुठाराघात गर्ने काम गरिरहेको छ।´

महासंघका अनुसार सरकारको गैरजिम्मेवारीपनका कारण आवश्यक पूर्वाधार, तालिम र प्रतियोगिता सञ्चालन गर्न नसक्दा सम्पूर्ण खेल क्षेत्र नै संकटमा परेको छ। विज्ञप्तिमा भनिएको छ,`खेल क्षेत्रको विकृति, विसङ्गति हटाउने र खेलाडीको विकासको सारथीका रूपमा महासंघले निरन्तर काम गरिरहेको जानकारी गराउँदछौं।´

महासंघले सरकारमाथि राजनीतिक हस्तक्षेपमार्फत खेलकुद संघहरू कमजोर बनाउने प्रयास गरेको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीमाथि समेत अनावश्यक हस्तक्षेप गरी विवादमा तानिएको आरोप लगाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस