विश्वकप पुग्ने नेपालको सपना अधुरै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ६, शनिबार (६ घण्टा अघि)
  • ३८ पटक पढिएको
विश्वकप पुग्ने नेपालको सपना अधुरै

काठमाडौं । घरेलु टोली नेपाल अर्को बर्ष हुने १९ बर्ष मुनिको विश्वकप क्रिकेटमा पुग्न असफल भएको छ । वर्षा बाधक बन्दा नेपाल र अफगानिस्तानबीचको खेल रद्ध भएसंगै नेपालको विश्वकप यात्रा सकिएको हो ।

मुलपानी क्रिकेट मैदानमा विहान साँढे ९ बजेकालागि खेलको समय निर्धारण गरिएपनि दिउँसो २ बजेसम्म मैदान खेल्न योग्य हुन सकेन । आईसीसीको प्रतिनिधीको निरक्षिणका क्रममा मैदान खेल्न योग्य टस समेत हुन नसकि खेल रद्ध गरिएको हो ।

खेल रद्द हुँदा दुवै टोलीले एक–एक अंक बाँडेका छन् । अंक बाड्दा दुवै टोलीको समान ७ अंक भएपनि नेटरनरेटमा अघि रहँदै अगानिस्तान सन् २०२६ मा नामिविया र जिम्वाबेमा हुने विश्वकमा छनौट भएको हो ।

नेपालसंगै हङकङ,ओमान,युएई र अफगानिस्तान सहभागि प्रतियोगितामा अफगानिस्तान र नेपाल अपराजित रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस