आइपिएलमा गुजरात र लखनउको जीत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ७, आईतबार (७ घण्टा अघि)
  • ५१ पटक पढिएको
आइपिएलमा गुजरात र लखनउको जीत

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सले जीत निकालेको छ । टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको हो ।

२ सय ४ रनको लक्ष्य गुजरातले‌ १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । जोस बटलरको अर्धशतमा तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जिततर्झ दोरोराए । बटलरले ५४ बलमा ११ चौका र ४ चेकमा नटआउट ९७ रन बनाए । ३४ बल खेलका रुथरफोर्डले ३ छक्का र १ चौकामा ४३ रन बनाए ।

ओपनर साइ‌ सुदर्शनसुदर्शनले ३७ रन बनाए । अर्का ओपनर तथा कप्तान शुभमन गिल ७ रनमा‌ आउट भए ।

दिल्लीका मुकेश कुमार र कुलदीप यादवले समान १ विकेट लिए ।

त्यसअघि दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो । ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए । २८ रन बनाएका केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लुमा परे‌ । करूण नायर ३१ रन बनाए । कप्तान अक्षर पटेल र ट्रिस्टान स्टब्सले ५३ रनको साझेदारी गरे ।​

ट्रिस्टान ३१ रनमा र अक्षर पटेल ३९ रनमा आउट भए । आशुतोष शर्मा १९ बलमा २ चौका र ३ छक्का सहित ३७ रन जोडे । बलिङमा प्रसिद्ध कृष्णाले ४ विकेट लिए । मोहम्मद सिराज, अर्सद खान, साई किशोर र इशान्त शर्माले समाब १ विकेट झारे ।

सातौं खेलमा पाँचौं जितपछि १० अंकसहित गुजरातले शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा दोस्रो स्थानको दिल्ली र तेस्रो स्थानको पन्जाब किङ्सको पनि समान १० अंक छ ।

गएराति नै भएको अर्को खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराउँदै तालिकाको चौथो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ८१ रनको लक्ष्य पछाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो ।​

राजस्थानको यो छैटौं हार हो । र, ४ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ ।

यस्तै प्रतियोगिता अन्तरगत आज दुई खेल हुँदैछन् । पहिलो खेल पौने चार बजे पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलुरु तथा पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपरकिङ्सबीच बीच खेल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस