आईपीएलः गुजरातले कोलकातालाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ९, मंगलबार (४ घण्टा अघि)
  • ६१ पटक पढिएको
आईपीएलः गुजरातले कोलकातालाई हरायो

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले छैटौं जित निकालेको छ । हिजो राति भएको खेलमा शीर्षस्थानको गुजरातले कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो ।

इडेन गार्डेन्समा गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । कप्तान अजिन्क्या रहानेले ५० रन बनाएपनि जितका लागि भने पर्याप्त हुन सकेन ।

गुजरातका लागि प्रसिध कृष्णा र राशिद खानले २–२ विकेट लिए । मोहम्मद सिराज, इशान्त शर्मा, साइ किशोर र वासिङटन सुन्दरले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर १९८ रन बनाएको थियो । यस जितपछि शीर्षस्थानको गुजरातको ८ खेलमा १२ अंक भएको छ भने ८ खेलमा ६ अंक मात्र भएको कोलकाता सातौं स्थानमा रहेको छ ।

आइपीएल अन्र्तगत आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच खेल हुने तलिका छ ।

ताजा अपडेट

खोजी गर्नुहोस