५२ खेलाडीलाई समेट्दै क्यानको ‘कोर क्याम्प’ घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख ९, मंगलबार (४ घण्टा अघि)
  • ६० पटक पढिएको
५२ खेलाडीलाई समेट्दै क्यानको ‘कोर क्याम्प’ घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप लिग–२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’ गर्ने भएको छ ।

क्यानले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने लिग–२ शृंखलाको तयारीका लागि भन्दै ५२ खेलाडीलाई ‘कोर क्याम्प’मा राखेको छ । कोर क्याम्पमा १९ बर्ष मुनिका कप्तान नरेन भट्टसंगै युवराज खत्री र सन्तोष यादव पनि टोलीमा थपिएका छन् ।

क्यानले यी खेलाडीलाई नेपाल निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गरेको छ । नेपाल निलोको कप्तानी राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेलले गर्नेछन् । हरियोको कप्तान ओपनर आसिफ शेख, नेपाल रातोको सन्दीप लामिछाने र पहेंलोको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नेछन् ।

प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा आगामी शनिबारदेखि मुलपानीका दुवै मैदानमा यी खेलाडीबीच अभ्यास खेलहरू सञ्चालन गरिनेछ । उक्त क्याम्पबाट निखारिएका खेलाडीका आधारमा अन्तिम खेलाडी छनौट हुनेछन् ।

कुन टीममा को खेलाडी
क्यानले सार्वजनिक गरेको निलो टोलीमा रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, करण केसी, प्रज्वल थापा (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्ल‚ देव खनाल, अनिलकुमार साह (विकेटकिपर), शाकिब हक, सूर्य तामाङ, दिपेशप्रसाद कँडेल र युवराज खत्री रहेका छन् ।

हरियो टोलीमा आसिफ शेख (कप्तान तथा विकेटकिपर), सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), विवेककुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रसिद खान र सन्तोष यादव छन् ।

रातो टोलीमा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद (विकेटकिपर) तृतराज दास, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, आकाश चन्द र नरेन भट्ट छन् ।

पहेँलो टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, ललितनारायण राजवंशी, विनोद भण्डारी (विकेटकिपर), मायन यादव, सुजन थपालिया, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रुपेशकुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस