त्रिदेशीय टी–२० शृंखलाः नेपालले पहिलो खेल नेदरल्याण्ड्ससंग खेल्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख १२, शुक्रबार (७ घण्टा अघि)
  • ५१ पटक पढिएको
त्रिदेशीय टी–२० शृंखलाः नेपालले पहिलो खेल नेदरल्याण्ड्ससंग खेल्ने

काठमाडौं । नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच हुने टी–२० आई शृंखलाको तालिका सार्वजनिक भएको छ । आगामी जुनमा स्कटल्याण्डमा हुने शृंखलाको तालिका बिहीबार सार्वजनिक भएको हो ।

क्रिकेट स्कटल्यान्डले सार्वजानिक गरेको शृंखलाको तालिका अनुसार १५ जुनमा स्कटल्यान्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । यस्तै नेपालले १६ जुनमा नेदरल्याण्ड्ससंग, १७ जुनमा स्कटल्यान्ड र १८ जुनमा नेदरल्याण्ड्ससंग खेल्ने तालिका छ । १९ जुनमा स्कटल्यान्ड र नेदरल्याण्ड्ससे खेल्दा २० जुनमा स्कटल्यान्ड र नेपाल भिड्नेछन् ।

खेल स्कटल्याण्डको ग्लास्गोस्थित क्लाइडसडेल क्रिकेट क्लबमा हुनेछ । नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्यान्डबीचको आईसीसी विश्वकप लिग २ शृंखलाअन्तर्गत ओडिआई खेलहरू सकिएपछि टी–२०आई शृंखला पनि हुनेछ । खेलहरु नेपाली समय अनुसार बेलुकी पौने ८ बजे देखि शुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस