लुम्बिनी कपको उपाधि एपिएफलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख १३, शनिबार (५ घण्टा अघि)
  • ४१ पटक पढिएको
लुम्बिनी कपको उपाधि एपिएफलाई

काठमाडौं । एपिएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई १–० ले हराउदै एपिएफले उपाधि जितेको हो ।

इन्जुरी समयमा गीता रानाको हेडर गोल नै एपिएफलाई बिजयी बनाउन सफल भयो । एपिएफको यो लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि हो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो ।

आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले पाँच लाख पाँच हजार ५५५ रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता पुलिसले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

फाइनल खेलको प्लेयर अफ द फाइनल एपिएफकी गीता राना घोषित भइन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस