एनएसएलको उपाधि ललितपुर सिटीलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख १३, शनिबार (७ घण्टा अघि)
  • ५० पटक पढिएको
एनएसएलको उपाधि ललितपुर सिटीलाई

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा केहिबेर अघि सकिएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि उचालेको हो ।

ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए ।

ललितपुरको यो अपराजित दोस्रो उपाधि हो । अघिल्लो सिजन ललितपुरले धनगढी एफसीलाई हराउँदै एनएसएलको उपाधि जितेको थियो

जितसंगै ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाामा चित्त बुझाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस