भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख १४, आईतबार (११ घण्टा अघि)
  • ६१ पटक पढिएको
भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने

बैशाख १४,भक्तपुर । भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।

भक्तपुरमा आगामी वैशाख १९ र २० गते दुई दिन भक्तपुरको जगातीमा उक्त प्रतियोगिता गर्न लागेको सङ्घले जानकारी दिएको छ ।

दुई दिनसम्म चल्ने यस प्रतियोगितामा सातै प्रदेशका २० भन्दा बढी जिल्लाबाट करिब १२० जना खेलाडीहरू सहभागी हुने अनुमान गरिएको आयोजक किक बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताबाट राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरू पहिचान गरी प्रशिक्षण दिई भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने खेलाडी छनोट गर्ने उद्देश्य रहेको समेत जानकारी दिए ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने समेत अध्यक्ष जाकिबञ्जारले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुष तर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३ दशमलव ५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ ।

यस्तै प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेल) समेत खेलाइने अध्यक्ष जाकिबञ्जारले जानकारी दिए । यस्तो किसिमको भक्तपुरमा पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको बताउँदै उनले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने बताए ।

खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर लागू हुने गरी रु. २ लाख सम्मको बिमा व्यवस्था गरेको सङ्घका सचिव राजु सिंह बजिकोले जानकारी दिए । उनका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घद्वारा स्वीकृत नियमावली अनुसार सञ्चालन हुनेछ । प्रत्येक बाउट ३ राउन्डको हुनेछ, र प्रत्येक राउन्डको अवधि २ मिनेट निर्धारण गरिएको समेत उहाँले जानकारी दिए । प्रतियोगितामा खेलाडीहरूलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कारले समेत सम्मान गरिने उनले जानकारी दिए ।

ताजा अपडेट

११ घण्टा अघि

कविता: बाल संज्ञान 

खोजी गर्नुहोस