काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैगलुरू आरसीबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्सलाई आइतबार ६ विकेटले हराएर अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो।
जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । खराब सुरूवात गरेको आरसिबीले विराट कोहली र क्रुनाल पाण्ड्याले चौथो विकेटको लागि १ सय १९ रनको साझेदारी गर्दै जितको आधार बनाए । विराट ५१ रनमा आउट भए ।
क्रुनालले ४७ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा अविजित ७३ रन जोडे । त्यअघि ओपनर ज्याकब बेथेल १२ रनमा र देवदत्त पाडिक्कल बिना कुनै रन अक्षर तथा कप्तान रजत पाटिदार ६ रनमा रन आउट हुन पुगे ।
अक्षर पटेलले २ विकेट लिए ।
त्यसअघि अरूण जैटली स्टेडियममा दिल्लीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६२ रनको योगफल बनायो ।
ओपनर अभिषेक पोरेल २८ रनमा र करूण नायर ४ रनमा आउट भए । अर्का ओपनर फाफ डु प्लेसिस २२ रनमा, कप्तान अक्षर पटेल १५ रनमा र केएल राहुल ४१ रनमा आउट भए । लगतै आशुतोष शर्मा २ रनमा बनाउदा मिचेल स्टार्सल रन लिन सकेनन् । ट्रिस्टान स्टब्स ३४ रन लिए ।
बलिङमा जोश हेजलउड २ र भुवनेश्वर कुमारले ३ समान विकेट झारे ।
१० खेलबाट १४ अंक बनाउँदै आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानको गुजरातले आरसिबीको भन्दा २ खेल कम खेलेको छ । ९ खेलमा दिल्लीको १२ अंक छ ।
यस्तै मुम्बईको वानखेडे रंगशालामा भएको अर्को खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले पराजित छ ।
टस जितेर लखनउले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।
२ सय १५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको लखनउले राम्रो सुरुआत गर्न सकेन । उसले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्रै बनाउन सक्यो ।
हारसँगै लखनउको १० अंक कायम छ । मुम्बई भने १२ अंकसाथ टेबलको दोस्रो स्थानमा उक्लिएको छ ।