जेठ १८, पोखरा । विश्वकै १० उत्कृष्ट पदमार्गमध्येको एक अन्नपूर्ण चक्रीय पदमार्गको प्रवद्र्धन र विकासको लक्ष्यका साथ २०७४ असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट शुरु भएको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरण बिहिबारदेखि शुरु भएको छ ।
अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव मूल आयोजक समितिको आयोजनामा भएको महोत्सवको तेस्रो चरणको कार्यक्रमको प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले अन्नपूर्ण पदमार्ग क्षेत्रअन्तर्गतको घान्द्रुकमा उद्घाटन गदै पर्यटनकै विकासका माध्यमबाट अघि बढ्न बृहत् योजना बनाइने बताए ।
केन्द्र सरकारले हालै प्रस्तुत गरेको बजेटमा प्रदेशका लागि अत्यन्त कम रकम छुट्याइएको बताउँदै गुरुङले सरकारले संघीयताको मर्म एवं राज्यको बदलिदो ढाँचालाई आत्मसात् गर्न नसकेको उल्लेख गरे ।
महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङले विश्वकै उत्कृष्ट गन्तव्यमध्ये एक अन्नपूर्ण क्षेत्रको प्रवद्र्धन एवं यस क्षेत्रको विकासलाई लक्ष्य गरी महोत्सव आयोजना गरिएको बताए ।
चार हजार १०० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट जुन ३ गते ९जेठ २० गते० अन्नपूर्ण डेका अवसरमा शुरु हुने म्याराथन माछापुच्छ्रे« आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, वाम्वो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै भएर एक हजार ६९० मिटर उचाइमा रहेको घान्द्रुकमा आएर समापन हुने छ ।