भिटोफ निर्वाचन : ध्रुव सिंखडा भन्छन-‘हरेक गाउँलाई पर्यटकीय गाउँ बनाउन पहल गर्छु’

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ श्रावण १३, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १४,काठमाडौँ । गाउँ पर्यटन प्रवद्र्न मञ्च (भिटोफ नेपाल) का पुर्व प्रथम उपाध्यक्ष धुर्ब सिंखडाले भिटोफको आगामी अध्यक्षको लागी आफ्नो उम्मेद्वारी दिएका छन् ।
एमालेको नयाँ धारको तर्फबाट नेतृत्व गरेका सिंखडालाई कांग्रेस र नयाँशक्ति निकट पर्यटन व्यवसायीहरुको समर्थन रहेको छ ।

सिंखडाले आफ्नो जीत सुनिस्चित भैसकेको दाबी गर्दै संस्थालाई राम्रोसंग हाक्नको लागी आफ्नो टिम सक्षम रहेको बताए ।

सिंखडाले अघिल्लो पटक आफुले सहमतीको आधारमा त्याग गरे पनी अहिले साथीहरुले राजनितिक बैमानी गरेको भन्दै त्यसका बाबजुत पनी आफ्नो जीत सुनिश्चीत भएको दाबी गरेका छन् ।

भिटोफलाई पर्यटनको समुन्नत संस्था बनाउने आफ्नो प्रमुख प्राथमिकताको विषय रहेको भन्दै सिंखडाले नेपालका हरेक गाउँलाई पर्यटकीय गाउँ बनाउन पहल गर्ने र अहिलेको संघिय स्वरुप अनुसार भिटोफलाई सबै प्रदेशमा विस्तार गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

उनले भिटोफले हरेक वर्ष गन्तव्य घोषणा गरेका गाउँहरुको संरक्षण गर्न र नयाँ गाउँहरुको पहिचान गर्न आवश्यक रहेको भन्दै आफुले हरेक वर्ष घोषणा गर्ने गन्तव्य गाउँमा अनिवार्य रुपमा सरकारी कर्मचारीलाई भ्रमण गराउन लैजानको निम्ती विशेष पहल गर्ने बताए ।

भिटोफ आर्थिक रुपमा निकै कमजोर रहेको भन्दै सिंखडाले संस्थालाई आर्र्थीक रुपमा सवल बनाउन पर्यटन वोर्ड र अन्य विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरेर छलफल गरि संस्थालाई निरन्तर आम्दानी हुने कार्यक्रमहरु ल्याउनेतर्फ आफुले विषेश पहल गर्ने बताएका छन् ।

उनले भने, ”भिटोफ नेपालको दायरा अरु संस्थाको भन्दा धेरै फराकीलो छ । नेपालका हरेक गाउँहरु पर्यटकीय दृष्टिले घुम्न लायक छन । मैले भिटोफ नेपालमार्फत ती सबै गाउँहरुमा पर्यटन व्यवसायको विस्तार गर्नेतर्फ दृढतापुर्वक पहल गर्नेछु”, सिंखडाले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस