‘कर्णाली प्रदेशको समृद्धिको आधार नै पर्यटन’ : पर्यटनमन्त्री बुढा

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७५ भाद्र ३०, शनिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र ३०,जुम्ला । कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको समृद्धिको आधार नै पर्यटन क्षेत्र रहेको बताएका छन ।

जुम्लाको पर्यटकीय गन्तव्यको स्थलगत अनुगमनका क्रममा तातोपानी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले भने, “समृद्ध प्रदेश निर्माण गर्ने जनताको चाहना छन्, त्यसलाई पूरा गर्न प्रदेश सरकारले पर्यटन मैत्री कार्यक्रम ल्याउनेछ ।”

मन्त्री बुढाले कनकासुन्दरी, ठाकुरज्यु, नदै गुफा, पाण्डवगुफा, बुडुमस्टोको मन्दिर, उच्च स्थानमा फल्ने कालीमार्सी धानको पकेट क्षेत्रका साथै स्याउ भण्डारण केन्द्र भएकाले जुम्लालाई पर्यटन हबका रुपमा विकास गर्न सकिने बताउँदै जुम्लाको पर्यटन गुरुयोजना निर्माण गरी त्यसलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस