जेठ २४,काठमाडौँ । काठमाडौंको प्रमुख पर्यटकीय बजार ठमेललाई सुरक्षित र व्यवस्थित बनाउने योजना सहित अर्जुनलाल प्रधानले ठमेल पर्यटन विकास परिषद्मा अध्यक्षको उम्मेदवारी दिने भएका छन्। ठमेलबासी, व्यवसायी र घरधनीहरुले गठन गरेको यस संस्थालाई थप व्यवस्थित बनाउन आफूले उम्मेदावारी दिने तयारी थालेको प्रधानले बताए।
सर्भिस अपार्टमेन्ट होटलका प्रमुख श्रेष्ठले १५ बुँदे प्रतिवद्धता सहित आफ्नो प्यानल खडा गरेको बिहीबार ठमेलमा आयोजित पत्रकार सम्मेलनमा बताए। १९९० मा स्थापना भएको परिषद्ले समग्र ठमेलको पर्यटन प्रर्वद्धनमा भूमिका खेल्दै आएको छ।
ठमेलको व्यवस्थापन गर्न धेरै बाँकी रहेको र यस अघिका समितिले पूरा गर्न नसकेको बताउदै प्रधानको प्यानलले काम गरेर देखाउने समेत पत्रकारहरुसँग बताए। अध्यक्षमा प्रकाश राणा र पूर्व अध्यक्ष समीर गुरुङले पनि उम्मेद्वारी दिने तयारीमा जुटेका छन्।
ठमेल पर्यटन विकास परिषद्मा अध्यक्षका उम्मेदार अर्जुन लाल प्रधानको यस्तो छ प्रतिवद्धता ,
‘सुरक्षित ठमेल, व्यवस्थित ठमेल’
शान्ति सुरक्षाको उचित व्यवस्थापन
ट्राफिक र पार्किङको दिर्घकालिन व्यवस्थापन गर्ने
ठमेल बजारको म्यापिङलाई व्यवस्थित गर्ने
‘ठमेल विकास सकारात्मक सन्देश’ भन्ने नारा अघि बढाउने
पर्यटकका लागि सूचना केन्द्र, पर्यटकमैत्री सूचना प्रविधिको बिकास गर्ने
ध्वनी प्रदुषण कम गराउने
सडक र सडक वत्तिको उचित व्यवस्थापन गर्ने
फोहोर व्यवस्थापन, ढल निकास, खानेपानीको दिर्घकालिन व्यवस्था, घरधनी र व्यवसायीबीच सुमधुर सम्बन्ध
सल्लाहकार समिति गठन
सडकमा मगन्तेहरुलाई सही व्यवस्थापन
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने
व्यवसायीहरुको व्यवसाय सुरक्षाकालागि पहल गर्ने र मापदण्ड बनाउने
ठमेल क्षेत्रको सम्पदाको संरक्षण र सम्वर्द्धन गर्ने