टानका सदस्यले पदभार ग्रहण गरेको एक सय दिन पूरा, अब टानको सहयोग भ्रमण वर्ष २०२० केन्द्रित

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ पौष १२, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाण्डौँ । ट्रेकिङ एजेन्सी एसोसिइसन अफ नेपाल ९(टान) को ४१ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेको १०० औँ दिन पुरा भएको छ । शुक्रबार पदभार ग्रहणको १००औँ दिन मनाउँदै टान सचिवालयले काठमाडौँको मालिगाउँमा पत्रकार सम्मेलन गर्दै टानले भ्रमण वर्ष २०२० लाई सफल बनाउन भरपूर रुपमा सहयोग गर्ने जानकारी दिएको छ ।

टानका नव निर्वाचति कार्यसमितिले कार्यभार सम्हालेको १०० औँ दिनमा भएको कार्य विवरण सार्वजनिक गर्दै टानले थोरै समयमा धेरै कामहरु अगाडी बढाएको श्वेतपत्रमा उल्लेख गरिएको छ । टानले भ्रमण वर्षलाई लक्षित गरी पर्यटनहरुको लागि विभिन्न सेवा सुविधा उपलब्ध गराएको र त्यसलाई कार्यान्वयनमा ल्याउन टानका पदाधिकारीहरुले होटल व्यवसायीलाई आग्रह समेत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस