माघ ४,काठमाडौँ । सरकारले हिमालमा फसेका पर्यटक र गाइडको उद्धारमा तदारुकता देखाएको छ । हिजो दिँउसोदखी नै अन्नपुर्ण र माछापुच्छ्रे हिमाली रेञ्जमा पर्यटक र गाईड हराईरहेको समाचार पहिलोपटक अनलाईन केन्द्रले प्रकाशित गरेको थियो । खासगरी अन्नपुर्ण बेसक्याम्पको देउराली माथी हिँउ पहिरो गएपछि पदयात्री खोचमा फसेका थिए ।
निरन्तरको बर्षा र हिमपातका कारण सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरमा फसेकाको उद्धार गरिएको हो । त्यहाबाट २०० भन्दा बढी पर्यटक र गाइडहरुलाई उद्धार गरिएको पर्यटन विभागका महानिर्देशक दण्डुराज घिमिरेले अनलाईन केन्द्रलाई बताए । उनीहरुलाई चार वटा हेलिकप्टर प्रयोग गरेर शनिवार उद्धार गरिएको हो । अन्नपुर्ण सर्किटको देउराली आसपासमा अझै ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्क विहीन रहेको महानिर्देशक घिमिरेले बताए ।
सम्पर्क विहीन हुनेहरुमा सरोज परियार र छिरिङ भोटे र मिनबहादुर लामा रहेका छन् । उनिहरु शुक्रबारदेखी नै सम्पर्कविहिन भएको बताइएको छ ।मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि सम्पर्कमा नआएको मानाङ निस्याङ गाउँपालिका–९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ । उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् ।