भ्रमण बर्ष २०२० मनाईरहँदा चीनमा फैलिरहेको भाइरससंग जुध्न नेपालले के गरिरहेको छ ?

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ माघ ६, सोमबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाण्डौ । चीनबाट विश्वमा घुम्न निस्किने पर्यटकको संख्या बढीरहेका बेला चीनको हुवान प्रान्तमा फैलिएको भाइरसले दुईको ज्यान लिईसकेको र ४५ जना बिरामी भएको चीन सरकारको आधिकारिक तथ्याङ्क सार्वजनिक भएको छ ।

अमेरिका, थाईल्याण्ड र हङ्कङले चीनको हुवान प्रान्तबाट आउने पर्यटकहरुलाई एयरपोर्टमा जाँच शुरु गरिसकेको छ । मान्छेबाट मान्छेमा सर्ने,नसर्ने यकिन पनि छैन तर जे पनि हुनसक्ने भन्दै वैज्ञानिकहरुले सावधानी अपनाउनु पर्ने राय दिएको याहु न्युजले लेखेको छ । सार्स जस्तो भनिए पनि कुन भाईरस हो भन्ने पत्ता लागिसकेको छैन् । सार्सले सन् २००२,०३मा चीन र हङकङमा ६५० जनाको ज्यान लिएको थियो ।

नेपालले सोच्नु पर्छ
नेपालले सन् २०२० लाई भ्रमण बर्ष मनाईरहेको सन्दर्भमा चीनबाट आगन्तुकको संख्या बढिरहेको बेला यसमा बिचार गर्नुपर्ने देखिन्छ । चीनका नागरिकलाई भिषा शुल्क नलाग्ने बनाएपछि चिनियाँ आगन्तुकको संख्या दिनदिनै बढिरहेको छ । यो बेला एउटा गम्भिर प्रश्न उठेको छ, के हाम्रो अध्यागमन उक्त भाईरस जाँचका लागि तयार छन् ?

के स्वास्थ्य मन्त्रालय र अध्यागमन बिभाग यस्तो स्थितीमा कसरि अघि बढ्ने भन्नेमा तयार छ ? केही नहोला तर भैहाल्यो भने नियन्त्रण गर्न हामी तयार हो की होईन ? यस्ता प्रश्नहरुको उत्तर बेलैमा खोज्नु जरुरी देखिएको छ । आउने महिनाहरुमा चिनियाँहरु छुट्टी मनाउन निस्किन्छन त्यसमध्य केहिको गन्तव्य नेपाल हुने निश्चित रहेको छ । चिनियाँ पर्यटक र अरु आगन्तुकहरुको सुरक्षाका लागि पनि नेपाल सरकार तयारी अवस्थामा रहनु पर्ने हुन्छ ।

अध्यागमनमै यस्ता बिरामी पत्ता लगाउन पाईएमा उक्त भाईरस अरुलाई नसर्न सक्छ । भ्रमण बर्ष मनाईरहँदा ‘भाईरस बर्ष’ तिर नलागोस् भन्ने हेतुले पनि हामीले बिशेष ध्यान दिनु आवश्यक देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस