माघ १५, काठमाडौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मी मंगलबार कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
बोर्डको मंगलबार बसेको बैठकले छनौट समितिको सिफारिस बमोजिम सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो । एक साताअघि नै छनौट समितिले सिफारिस गरे पनि केही दिन नियुक्ति रोकिएको थियो ।
उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् । छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो ।