चीनबाट नेपाल आउने पर्यटकमा कमी ! नयाँ पर्यटक बजार खोज्ने तयारी

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुन १०,काठमाडौँ । चीनबाट नेपाल आउने पर्यटकमा कमी आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्य नयाँ पर्यटक बजार खोज्ने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ चीनबाट आउने पर्यटकको बिकल्पमा अन्य देशका बजार खोज्न सरकारले टिम नै गठन गरेर काम गरिरहेको बताए ।
चीनमा परेको समस्याले स्वयं चीन लगायत विश्वको अर्थतन्त्रलाई नै असर गरेको अवस्थामा नेपालको पर्यटन क्षेत्रमा असर पर्नु स्वभाविक भएको उनि बताउछन ।

अहिले पर्यटक आउने वेमौसमी समय र चीनबाट नेपाल आउने पर्यटक घट्दा संख्यामा केही कमी आए पनि विस्तारै पर्यटन आगमन बढने प्रवक्ता तामाङ बताउछन ।
नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स ९नाटा० का अध्यक्ष अच्यूत गुरागाई चीनमा देखिएको कोरोना भाइरसको कारण पर्यटन आगमनमा कमी आएको बताउछन ।
सरकार र देश, विदेशमा रहेका नेपाली एकजुट हुन सके अन्य मूलुकबाट पर्यटक भित्र¥याउन सकिने अध्यक्ष गुरागाई बताउछन । नेपालमा कोरोनाको कुनै संक्रमण छैन् भन्ने सन्देश बिश्वसामु पु¥याउन जरुरी रहेका उनको भनाई छ ।सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न दैनिक छ हजार पर्यटक नेपालमा भित्र¥याउन आवश्यक पर्छ ।

यस अघि समान्य तया दैनिक ३५ सय विदेशी पर्यटक नेपालमा आउने गरेकोमा कारोना भाइरसको हल्ला पछि १२ देखि १५ सयको हाराहारीमा पर्यटक नेपाल आउने गरेको गुरागाई बताउछन । तर बाँकी पर्यटकको संख्या पूरा गर्न भारत, बंगलादेश, यूरोप लगायत खाडी मुलुकमा मार्केटिङ गर्न सके धेरै पर्यटक भित्र¥याउन सकिने अध्यक्ष गुरागाईले बताए ।
अहिले पर्यटन क्षेत्रमा देखिएको चुनौतीलाई समाधान गर्न सरकार र व्यवसायी बीच नयाँ पर्यटन गन्तव्य खोज्ने विषयमा छलफल भईरहेकोले अहिले नै आतिने अवस्था नरहेको उनले बताए ।
अर्का पर्यटन व्यवसायी भरत बस्नेत अहिले नै पर्यटन आगमनमा कमी भयो भनेर हतोसाहित हुनु भन्दा पनि अन्य देशमा गएर मार्केटिङ गर्न जरुरी रहेको बताउछन ।
सरकार छोटो समयको बिचमा पर्यटन बर्ष घोषणा गरेकोले तयारी अलि कति कम हुन गएको उनको भनाई छ । पर्यटन बर्ष २०२० मा सरकारले २० लाख पर्यटक नेपाल भित्र¥याउने लक्ष्य लिएको छ । नेपालमा धेरै आउने पर्यटक मध्ये चीन र भारतबाट आउने गरेको बताईन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस