सरकारले भ्रमण वर्ष २०२० सचिवालय केही समय खारेज नगर्ने

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ फागुन २५, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । सरकारले भ्रमण वर्ष २०२० सचिवालय केही समय खारेज नगर्ने भएको छ । केही समयको लागि सचिवालयले केही औपचारिक कार्यक्रम नगरे पनि तत्काल स्थगन नहुने भएको हो । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनेर सरकारले भ्रमणवर्षका कार्यक्रम स्थगन गरेको हो। गत हप्ता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिले तत्काललाई भ्रमणवर्ष २०२० स्थगन गर्न सुझाव दिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्नको लागि स्थापना गरिएको सचिवालय स्थापना गरेको थियो। भ्रमण वर्ष २०२० स्थगन हुँदा सचिवालय के हुने भन्ने प्रश्न उठेको छ । तर मन्त्रालयले तत्काल सचिवालय स्थगन गर्ने तयारी नभएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस