फाल्गुण २६, काठमाण्डौ । पर्यटन क्षेत्रका श्रमिकहरुको संगठन यूनिट्राभले छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै पर्यटन श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाइ उत्पन्न भइरहेका बेला एयरलाइन्स लगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न संगठनले विज्ञप्तिमार्फत चेतावनी दिएको हो ।