फाल्गुण ३०, काठमाण्डौ । कोरोनाबाट प्रभावित भएको नेपालको पर्यटन बर्ष अब नयाँ ढङ्गले अगाडी बढ्ने भएको छ । सरकारले भ्रमण वर्ष २०२० लाई नयाँ ढंगले पुर्नसंरचना गर्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको सुरुवाती समयमा नै विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण देशभित्र र बाहिरका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको उल्लेख गर्दे भ्रमण वर्षलाई सरकारले नयाँ ढंगले पुर्नसंरचना गर्न लागेको स्पष्ट पारेका छन् ।
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री भट्टराईले सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाएर भ्रमण वर्षको कार्यक्रम पुर्नसंरचना गरिएको बताए ।