जेठ १५,काठमाडौँ । सरकारले पर्यटन क्षेत्रलाई उकास्न कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने बताएका छन् ।
सरकारले आगामी आर्थिक बर्षको बजेटमा पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट छु«ट्टाएको छ । राष्ट्रसेवक कर्मचारी र संगठित क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहित गरिने खतिवडाले बताएका हुन् ।