टानमा सत्ता गठबन्धनलाई हराउदै माओवादीका उम्मेदवार पाण्डे विजयी

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८१ भाद्र १८, मंगलबार (७ महिना अघि)
  • १०१ पटक पढिएको
टानमा सत्ता गठबन्धनलाई हराउदै माओवादीका उम्मेदवार पाण्डे विजयी

भाद्र १८,काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा माओवादीतर्फबाट उम्मेदवार बनेका सागर पाण्डे विजयी भएका छन् । यता कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार रहेका प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे ।

यस्तै महसचिवममा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा ९५५००विजयी भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल (५३५) र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) विजयी भएका छन् ।

त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए ।

सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस