नेपाल पनि एटमोसफेर कोर हस्पीटालीटिको संजालमा थपियो

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८२ बैशाख १२, शुक्रबार (२ घण्टा अघि)
  • ३७ पटक पढिएको
नेपाल पनि एटमोसफेर कोर हस्पीटालीटिको संजालमा थपियो

बैशाख १२,काठमाडौँ । बनेपा स्थित आरन्य नेचर रिसोर्टको व्यवस्थापन दक्षीण एसियाकै चर्चित एटमोसफेर कोरको हस्पीटालिटिले गर्ने भएको छ । लस्ट होराइजन जंगल रिसोर्ट लि. को साझेदारीमा बन्दै गरेको आरन्य नेचर रिसोर्ट सन् २०२५ को अन्त तिर एटमोसफेर कोरको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको हो ।

समुद्री सतहबाट ५००० फिटको उचाईमा रहेको बनेपा, नेपालको पुरानो शहर हो । २५ एकड जमिनमा फैलिएको यो रिसोर्ट बाट मौसम सफा भएको बेलामा सगरमाथा लगाएत अन्य हिमालहरु र मनोरम पहाडहरुको दृश्य अवलोकन गर्न सकिन्छ । काठमाडौंमा भएको व्यवस्थापन सम्झौता कार्यक्रममा एटमोसफेर कोर गु्रपकै प्रवन्ध निर्देशक सलिल पनि ग्राहीले नेपाल दक्षीण एरियाको विलासी पर्यटकिय गन्तब्यको रुपमा अघि बढिरहेको र ग्राहकहरु जहिल्यै नयाँ नयाँ रोमान्चित गन्तब्यहरुको खोजीमा रहन्छन् भने ।

हाम्रो सोच अनुसार अत्यन्तै राम्रो नयाँ गन्तब्य हाम्रा उच्च स्तरीय ग्राहकहरुलाई पस्कन पाउँदा ज्यादै हर्षित बनाएको कुरा उक्त कार्यक्रममा नेपाल, भारत, श्रीलंका र भुटानका एटमोसफेर कोरका प्रवन्ध निर्देशक सौभाग्य महोपत्राले थपे । आरन्य नेचर रिसोर्ट प्रकृति र नेपाललाई नजिकबाट अनुभव गर्न सकिने रिसोर्ट हो । लस्ट होराइजन जंगल रिसोर्ट लि. का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले एटमोसफेर कोर सँग साझेदारी गर्नु स्वाभाविक भएको, उनिहरुको आतिथ्यताको दुष्टिकोण, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ग्राहक सेवा र लामो अनुभवले ठया्क्कै हामीले आरन्य रिसोर्ट संचालन गर्ने परिकल्पना गरे अनुसारनै मिलेको कुरा बताए ।

हाम्रो रिसोर्ट नमोबुद्ध, बनेपामा रहेको थ्रान्गु ताशी याङ्त्से गुम्बा नजिकै रहेकोले एउटा मनोमोहक गन्तब्यको रुपमा इतिहास, अध्यात्म र प्राकृतिक सौन्दर्यलाई नजिकैबाट नियाल्न सकिन्छ । यस रिसोर्टमा मनोमहक दृष्य हेर्न मिल्ने ठूला ठूला झया््ल सहितको ५१ वटा आकर्षक डिजाइनका कटेज र स्वीटस्हरु हुनेछन् । आकर्षक स्वीमिङ्ग पुलको सुविधाले हरेक किसिमका आगन्तुकहरुलाई लोभ्याउने छ भने बालबालिकाहरुका लागि छुट्टै किड्स क्लब पनि हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस