भारतीय अभिनेता गोविन्दा नेपालमा

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ कार्तिक १९, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौं । भारतीय अभिनेता गोविन्दा ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउने भएका छन् ।

यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको महोत्सवमा सहभागी हुन उनी विशेष अतिथिको रूपमा निमन्त्रित छन् । उनी कार्तिक १९मा नै नेपाल आउने आयोजकले बताएका छन् । उनी २१ गते बिहानै वीरगन्ज पुग्ने र आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’को उद्घाटन कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा नेपाली फिल्म निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, सङ्गीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरू सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस