भारतमा डुंगा पल्टियो : ३० जना वेपत्ता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ जेष्ठ २, बुधबार (६ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

भारतको आन्द्र प्रदेशस्थित गोदावरीमा डुंगा दुर्घटना हुँदा करिब ३० जना वेपत्ता भएका छन् । तीव्र गतिको हावाहुरीका कारण मंगलबार साँझ डुंगा दुर्घटना भएको हो ।
२ महिला र बालबालिकासहित १२ जनालाई उद्धार गरिएको छ । उनीहरुका अनुसार डुंगामा करिब ५५ जना सवार थिए । हराइरहेकाहरुलाई उद्धार टोलीले खोजी गरिरहेको छ ।
गोदावरी नदीमा यस प्रकारका धेरै दुर्घटना हुँदै आएका छन् । केहि दिन अघि पनि यात्रुहरुले भरिएको डुंगामा विद्युत सर्ट भएर आगलागी भएको थियो । तर, सबै ८० यात्रुहरुलाई उद्धार गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस