सैन्य अभ्यासकै कारण उत्तर र दक्षिण कोरियाबीच तनाव सुरु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ जेष्ठ ७, सोमबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

जेठ ७,काठमाडौँ । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन । गएको बुधबार बस्ने भनिएको बैठक हप्तादिनसम्म पनि बस्न नसकेको हो ।

दक्षिण कोरियाको सोलमा जारी रहेको सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा बैठक स्थगित गरेको थियो । सैन्य अभ्यासकै कारण उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा फेरि मनमुटाव सुरु भएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास तत्कालै रोक्न पहिलेदेखि नै आग्रह गरिरहेको छ । तर सैन्य अभ्यास अझै जारी रहेको छ ।

यही मे १६ मा दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो ।

त्यसपछि अर्को बैठकका बारेमा केही निर्णय भएको छैन र अहिलेसम्म बैठकको अर्को मिति पनि तोएिको छैन ।

यही मे २५ सम्म जारी रहने जनाइएको अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताइएको थियो । उत्तर कोरियाले भने त्यसको विरोध गर्दै आएको छ ।

दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । शान्ति सम्झौतापछि यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठकहरु बस्दै आएका थिए ।

तर सोही सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन । दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि ठप्प भएका छन् । उत्तर कोरियाले सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आउँदो जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुने बताइएको छ । बैठक अगावै उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीचक बुधबार बैठक हुने भनिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच गएको अप्रिल २७ मा भएको ऐतिहासिक शान्ति सम्झौताको आफूहरुले पालना गरेको तर दक्षिण कोरियाका तर्फबाट भने यसको पालना नभएको उत्तर कोरियाको आरोप छ ।

ताजा अपडेट

खोजी गर्नुहोस