जेठ १०,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न न्यायाधीशले आदेश दिएका छन् ।
राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेसँगै उनीहरुको तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्ष्टिच्यूटले अदालतमा मुद्दा दर्ता गराएको थियो ।
अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । विचारकै आधारमा ब्लक गर्नु नाजायज भएकाले कदम सच्याउन न्यायाधीशले भनेका छन् ।
जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले ट्रम्पको २चभबम्यिलबमित्चगmउ एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका छन् । ‘सामाजिक सञ्जाल जनताको मञ्चको रुपमा अनुमोदित भएको छ । त्यसैले सम्पूर्ण अमेरिकी नागरिकलाई आफ्ना विचारहरु व्यक्त गर्न स्वतन्त्र छाडिदेऊ’, न्यायाधीशले ट्रम्पलाई आदेश दिँदै भनेका छन् ।
न्यायाधीशले यस्तो आदेश दिए पनि ट्रम्प र ह्वाइट हाउस प्रशासनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।