पाकिस्तानमा आम निर्वाचन : कार्यतालिका परिवर्तन, मतदानको समय फेरिएन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ जेष्ठ २६, शनिबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

जेठ २६,काठमाडौँ । मुसर पाकिस्तानको निर्वाचन आयोगले पूर्वघोषित निर्वाचन तालिका परिवर्तन गरेको छ । आम निर्वाचनको कार्यतालिका परिवर्तन गरेपनि मतदान हुने दिन भने परिवर्तन नगरिएको आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

नयाँ तालिका अनुसार यही जुन ११ तारिख सम्म नेताहरूले उम्मेदवारी दर्ता गर्न पाउने भएका छन् ।

त्यसैगरी जुन १४ देखि १९ सम्म उम्मेदवारीपत्र माथी छानविन हुने तालिका छ भने २२ तारिख सम्म उम्मेदवार विरुद्ध दावी विरोध गर्न पाइने तालिका बनाइएको छ ।
जुन २९ मा उम्मेदवारी फिर्ता लिने र ३० तारिखमा निर्वाचन चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान भने जुलाई २५ का दिन हुनेगरी तय गरिएको छ ।
यसैबीच पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाफ सरिफले पूर्व सैनिक शासक जनरल परवेज फलाई ससर्त निर्वाचन लड्न दिने सङ्केत आएको भन्दै यसको विरोध गरेका छन ।

राजद्रोह जस्तो गम्भीर प्रकृतिको मुद्धा लागेका मुसरफलाई ससर्त उम्मेदवार बन्न पाउने व्यवस्था गरिएमा यो पाकिस्तानको संविधान विपरीत हुने उहाँले बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस