आशंकाकै बीचमा सिंगापुर पुगे किम ! ट्रम्प कहिले आउलान् ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ जेष्ठ २७, आईतबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

जेठ २७,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।

एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । विदेशमन्त्री बालाकृष्णन शुक्रबार मात्र प्योङयाङ पुगेका थिए ।

किन र उनी नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्नेछन् ।

दुई नेताबीचको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ ।

भेटवार्ताका लागि सिंगापुर पुग्दा ट्रम्प र किमलाई सिंगापुरमा रहेका गोर्खा प्रहरीले सुरक्षा दिनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस