टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ ११, सोमबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार ११,काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन ।

थप पाँच बर्षका लागि उनी फेरी शक्तिमा आएको भन्दै सोमबार टर्की भरी खुशीयाली मनाइएको छ ।
उहाँ दोस्रो कार्यकालका लागि संसदमा समेत अत्यधिक मतका साथ विजयी हुनुभएको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको छ । राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानाशाही हुन थालेको विपक्षीको आरोप छ ।

न्याय तथा विकास पार्टी ९एकेपी०को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दीलीबाट सम्वोधन गर्दै ६४ बर्षिय एड्रोगानले समर्थक र शभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन । “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ,” उनले भने ।

सर्वोच्च निर्वाचन वोर्डले एड्रोगानको पक्षमा ५२।५ प्रतिशत मत परेको जानकारी दिएको छ । जवकी उनका निकटम प्रतिद्वन्द्वीले भने ३०।७ प्रतिशत मत ल्याएको जनाइएको छ ।

उनी विजयी भएको नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन् ।

प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउदै भनेका छन , “एड्रोगानलाई बधाई छ, तपाई हामी सवैको राष्ट्रपति बन्नुहोला ।”

रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरुलाई पनि धन्यवाद र आभार व्यक्त गरेका छन।

ताजा अपडेट

खोजी गर्नुहोस