मेक्सिकोमा छ महिनाको अवधिमा आठजना पत्रकारको हत्या

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ १७, आईतबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान पर्नुभएको मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ । मेक्सिकोको पूर्वी प्रदेश क्विन्टानारुमा रहेको एक रेष्टुरेन्टमा ती पत्रकारको हत्या भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

प्रदेशको अभियोक्ताको कार्यालयले दिएको जानकारी अनुसार चानलाई शुक्रबार बेलुकी रेष्टुरेन्टमा खाना खाइरहेका बेला अज्ञात व्यक्तिले पटक पटक गोली प्रहार गरेको जनाइएको छ ।

कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा फेलिप कारिल्लो पुएर्टोमा रहेको एउटा रेष्टुरेन्टमा उनिमाथि गोली प्रहार भएको उल्लेख गरिएको छ ।
घटनाका बारेमा अनुसन्धान सुरु शुरु भएको र उनको हत्याको बारेमा यथार्थ भने पत्ता नलागेको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।

हत्या गरिएका चान एक स्थानीय अनलाइन पोर्टलमा कार्यरत हुनुहुन्थ्यो । प्रदेशका सरकारी अधिकारीहरुले उहाँको हत्यागर्ने अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने दावी गरेका छन् । स्थानीय केही प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार केही शंकास्पद व्यक्तिहरु रेष्टुरेन्टभित्र पसेर ती पत्रकारमाथि गोली प्रहार गरेका थिए ।

मानवअधिकार रक्षक र पत्रकारहरुको एक केन्द्रीय संयन्त्रले सन् २००१ देखि अहिलेसम्म मेक्सिकोमा १३९ जना पत्रकारको हत्या भएको छ । तीमध्ये अधिकांश पछिल्लो दशकमा मारिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस