मेक्सिकनलाई जनावर भनेका ट्रम्पले राष्ट्रपतिलाई दिए वधाई !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ १८, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार १८,काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिएका छन ।

एन्ड्रेस हालै भएको निर्वाचनमा प्रचण्ड बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित भएका हुन । उनले ट्वीटमार्फत वधाई दिँदै अमेरिकाले आगामी दिनमा उहाँसँग मिलेर कामगर्ने बताएका छन ।

उक्त वधाई सन्देशमा उनले भनेका छन– अमेरिका र मेक्सिकोका लागि फाइदा पुग्ने धेरै काम गर्न बाँकी छ, त्यसतर्फ नवनियुक्त राष्ट्रपति एन्ड्रेसको ध्यान पुग्ने नै छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको उनको राष्ट्रपतीय निर्वाचनको अभियानमा मेक्सिकोका नागरिकलाई ‘अपराधी’ र ‘बलात्कारी’ भनेर आरोप समेत लगाएका थिए ।

त्यसैले आफू राष्ट्रपति भएमा मेक्सिकोतर्फको अमेरिकाको सीमामा एकतर्फी रुपमा पर्खाल लगाउने घोषणा पनि गरेका थिए ।

तर उनको सो निर्वाचन अभियानले अहिले पनि निरन्तरता पाएको छैन । त्यसैले नवनियुक्त राष्ट्रपतिले आगामी दिनमा मेक्सिकोको यो छवि सुधारका लागि धेरै काम गर्नुपर्ने धारणा पनि राखेका छन ।

दुई महिनामात्र अघि पनि राष्ट्रपति ट्रम्पले मेक्सिकनलाई जनावरको सङ्ज्ञा दिएका थिए । यसप्रति मेक्सिकोले कडा आपत्ति जनाएको थियो ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपतिले मेक्सिकोको अहिलेको छवि सुधार्न धेरै काम गर्नुपर्नेछ र यदि त्यसो भयो भने यसले मेक्सिकोलाई मात्र होइन कि अमेरिकालाई पनि सहयोग पुग्नेछ भनेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस