क्यालिफोर्नियाको जंगलमा आगलागी : ५ को मृत्यु, १७ वेपत्ता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ श्रावण १३, आईतबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

साउन १३,काठमाडौँ । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १७ जना सम्पर्क बाहिर छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् ।

आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति पुगेको र हजारौं घरहरु खरानी हुने खतरा रहेको समाचारमा उल्लेख छ ।

आगो १९४ वर्ग किलोमिटरसम्म फैलिएको छ जुन सान फ्रान्सिस्को क्षेत्रफलभन्दा धेरै हो ।

ताजा अपडेट

खोजी गर्नुहोस