मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना : मानवीय क्षति हुनबाट जोगियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ श्रावण १६, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १६,काठमाडौँ । मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट जोगिएको छ । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् ।

विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए ।

बीबीसीका अनुसार विमानमा रहेका १०१ जनामध्ये ८५ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको पनि बीबीसीले उल्लेख गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उडेको ५ मिनेटमा नै विमान दुर्घटनामा परेको थियो । विमानमा रहेका यात्रुहरु हाइवेमा मद्दत मागिरहेका देखिएको थियो ।

विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना जानकारी दिएका छन् ।

एएम २४३१ कल साइन भएको उक्त विमान दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ जान लागेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस