उत्तर कोरियाली हवाई सेवाको उडान थपियो, चीनबाट अत्यधिक पर्यटक भित्र्याउने लक्ष्य

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ श्रावण २४, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २४,काठमाडौँ । उत्तर कोरिया र चीनको उत्तरपूर्वी सहर सेनयाङबीचको प्रत्यक्ष हवाई उडानको संख्या पछिल्ला दिनहरुमा वृद्धि भएको छ । स्रोतका अनुसार दुई मुलुकबीचको मानव आवतजावतमा यसले वृद्धि गर्नेछ ।

उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक एयर कोर्योले हालैका दिनहरुमा प्योङयाङ र सेनयाङबीचको प्रत्यक्ष हवाई उडानमा वृद्धि गरेको छ । स्रोतका अनुसार हप्तामा दुईवटा उडानबाट बढाएर अहिले तीनवटा बनाइएको छ ।

संयुक्तराज्य अमेरिकाले आणविक निरस्त्रीकरणको कार्य पूरा नगर्दासम्म उत्तर कोरियामाथिको प्रतिबन्ध फुकुवा नगर्ने सम्भावना रहेकै अवस्थामा प्योङयाङले विदेशी मुद्रा आर्जनका लागि चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन चाहेको देखिन्छ, स्रोतले बतायो ।

“उत्तर कोरियाली–चिनीया वार्ताको सफलतासँगै बढीभन्दा धेरैले उत्तर कोरियाको आर्थिक स्थितिमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् । यही कारण, चीनसँगको उत्तर कोरियाली सीमावर्ती सहर सिनुजीको दाँदोङमा घरजग्गाको मूल्य आकासिएको छ,” उनीहरुले भने ।

यहीबीच, प्योङयाङ–बेइजिङ रेलसेवामा यात्रुहरुको संख्यामा व्यापक वृद्धि भएको छ, र सबैजसो सिट बिक्री भइरहेको छ ।

धेरै चिनीया पर्यटकहरुले अप्रिलमा सम्पन्न अन्तर–कोरियाली शिखर सम्मेलन भएको स्थान पानमुनजोमको भ्रमण गर्न रुचि देखाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस