भाद्र ११, काठमाडौं । अमेरिकाको फ्लोरिडामा गोलीबारी हुँदा २ जनाको मृत्यु भएको छ ।
मनोरञ्जन केन्द्रमा भएको गोलीबारीमा परि ११ जना घाईते भएका छन् ।
गोली प्रहार गर्ने डेभिड काट्जले आफैलाई गोली प्रहार गरी आत्महत्या समेत गरेको बीबीसीले उल्लेख गरेको छ ।
मनोरञ्जन केन्द्रमा भएको एक खेलमा हारेपछि उनले गोलाबारी गरेको जनाइएको छ ।
सन् २०१६ मा फ्लोरिडाको एक नाईट क्लबमा गोलीबारीमा परी ४९ जनाको मृत्यु भयो भने गत फेब्रुअरीमा फ्लोरिडाको एक विद्यालयमा भएको घटनामा १७ जनाको मृत्यु भएको थियो ।