भाद्र १९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्रोही नियन्त्रित सिरियाको इद्लीवमा आक्रमण गरिए गम्भीर माननीय त्रुटी हुने चेतावनी दिएका छन् ।
माईक्रो ब्लगिङ साईट ट्वीटमा उनले भनेका छन्, ‘सम्भावित माननीय त्रासदीका माझ सिरियाली सरकार र उसका इरानी र रुसी साझेदारले इद्लिवमा आक्रमण गरे त्यो ठूलो मानवीय त्रुटी हुनेछ । त्यस्तो गल्ती हुनबाट रोक्न जरुरी छ ।’
सिरियाली सरकारले इद्लीवमा सैन्य कारबाही गर्ने तयारी गरिरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
ट्रम्पले आक्रमणबाट लाखौँ नागरिकको ज्यान जानेतर्फ सचेत गराउँदै त्यसो नगर्न आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।