भाद्र २१, काठमाडौं । दुबईबाट न्यूयोर्कका लागि उडेको इमिरेट्स एयरका एक सयभन्दा बढी यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि न्यूयोर्क विमानस्थलमा सबै यात्रुको स्वास्थ्य परीक्षण गरिएको छ ।
५२१ जना सवार सो विमानमा यात्रुलाई न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो । विमान उडिरहेकै समयमा कयौं यात्रुको स्वास्थ्यमा समस्या देखिएको थियो ।
विमान अवतरण गरेलगत्तै स्वास्थ्यकर्मीको टोलीले यात्रुको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेको हो । परीक्षणका क्रममा १९ यात्रीलाई अस्पताल भर्ना गर्न चिकित्सकले सुझाव दिएकोमा ११ जनालाई भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् । ८ यात्रुले भने उपचारका लागि असमर्थता जनाएको बताइएको छ ।
विमानका यात्रीहरुमा खोकी र ज्वरोको समस्या देखिएको बताइएको छ ।
उक्त विमानको ‘ट्रान्जिट’ साउदी अरेबियाको मक्कामा थियो । मक्कामा फ्लु संक्रमण देखिएको बताइन्छ । (एजेन्सी)