भारतमा बालिकाको सामूहिक बलात्कारपछि हत्या, सौतेनी आमासहित ६ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ भाद्र २१, बिहिबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र २१, काठमाडौं । भारतको कस्मिरमा ९ वर्षीया एक बालिकाको सामूहिक बलात्कारपछि भएको हत्यामा बालिकाकी सौतेनी आमासहित ६ जना पक्राउ परेका छन् ।

बालिकाकी सौतेनी आमाले आफ्नो १४ वर्षीय छोरा र तीनजना अरु व्यक्तिहरूलाई आफ्नैअगाडि बलात्कार गर्न लगाएको स्वीकार गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

बालिकाको शव आइतबार भारतप्रशासित कस्मिरको बारामुल्ला जिल्लास्थित जंगलमा भेटिएको थियो ।

श्रीमान्ले सौतेनी छोरीलाई धेरै माया गरेको सहन नसकी हत्या गराउने उद्देश्यले नै बलात्कार गर्न लगाएको पनि ती महिलाले स्वीकार गरेको अधिकारीहरुले जनाएका छन् ।

सामूहिक बलात्कारपछि बालिकालाई बन्चरोले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनको अनुहारमा एसिड खन्याएर जलाइएको पाइएको थियो ।

आरोपीमध्येका एक १९ वर्षीय युवकले उनको शरीर छिन्नभिन्न पारेका थिए ।

भारतप्रशासित कस्मिरमा केही महिनाभित्रै बालिकाको सामूहिक बलात्कार र हत्या भएको यो दोस्रो घटना हो । (एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस