फ्लोरेन्स आँधी : पाँचजनाको मृत्यु, ६ लाख भन्दा धेरै घरमा विद्युत आपूर्ति बन्द

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ भाद्र ३०, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ३०, काठमाडौं । अमेरिकाको पूर्वी टतीय क्षेत्रमा समुद्री आँधी फ्लोरेन्सका कारण जनजीवन प्रभावित भएको छ । आँधीका कारण अहिलेसम्म कम्तिमा पाँचजनाको ज्यान गएको पुष्टि भएको छ ।

आँधीका कारण ६ लाख भन्दा धेरै घरमा विद्युत आपूर्ति बन्द भएको छ । धेरै घरहरु भत्किएका छन् । नर्थ ह्यारोलिनाको विलमिङ्गटनमा आँधीले ढलाएको रुखले घर च्याप्दा एक मिहला र उनको सन्तानको ज्यान गएको हो । यस्तै ती महिलाका श्रीमान घाइते भएका छन् ।

आँधीका कारण होटलसहितका धेरै भवन भत्किएका छन् । स्थानीय समय अनुसार शुक्रबार अपराहन्नपछि फ्लोरेन्स आँधीलाई ट्रपिकल आँधीका घटाइएको छ ।

तीनजनाको मृत्यु भएको पुष्टि भएको र अरु मानिसको मृत्युका बारेमा पनि अनुसन्धान भइरहेको नर्थ क्यारोलिनाका गभर्नर रोय कुपरले बताएका छन् ।

फ्लोरेन्स आँधीका कारण हुन सक्ने जोखिमबाट बच्नका लागि १७ लाख मानिसलाई सुरक्षि स्थानमा जान भनिएको छ । फ्लोरेन्स अमेरिकाको पूर्वी तटीय क्षेत्रमा ठोकिँदा हावाको गति केही कम भएको थियो । अहिले हावाको गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ ।

किन्स्टनमा दुई वृद्धको ज्यान ग्एको छ । यस्तै पेन्डर काउन्दीमा एक महिलाको ज्यान गएको छ । शुक्रबार बिहान क्याटगोरी वान आँधी रहेका बेला फ्लोरेन्सका कारण राइट्सभिला बिचमा पहिरो गएको थियो । आँधीले प्रभावित भएका नर्थ क्यारोलिनाका क्षेत्रमा तीन मिटरसम्म पानी जमेको छ ।

फ्लोरेन्स आँधीका कारण नर्थ क्यारोलिनासहित साउथ क्यारोलिना, जर्जिया, मेरिल्याण्ड, वासिङ्गटन डिसीसहितका राज्यमा पनि प्रभाव परेको छ ।

यस्तै यो आँधीको प्रभाव फिलिपिन्ससम्म पनि देखिएको छ । फिलिपिन्समा सुपर टाइफुन माङ्गखुतका कारण ५० लाख मानिस प्रभावित हुने बताइएको छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस