पत्रकार खशोग्गीको हत्यामा साउदी अरेबिया जिम्मेवार पाइए कडा सजाय दिने अमेरिकाको चेतावनी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ आश्विन २८, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई कडा सजाय दिने चेतावनी दिएका छन् । साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी अरेबिया जिम्मेवार रहेको पाइएमा साउदी अरेबियालाई कडा सजाय दिइने ट्रम्पले चेतावनी दिएका हुन् ।

तर दुई देशबीचका ठूला सैन्य ठेक्कापट्टा भने नरोकिने ट्रम्पको भनाई छ । साउदी अरेबियाले खशोग्गीको हत्या भएको आरोप अस्वीकार गर्दै आएको छ । इस्तानुबलमा रहेको साउदी अरेबियाको महावाणिज्य दूतावासबाट अक्टोबार २ तारिखबाट बेपत्ता भएका पत्रकार खशोगी साउदी सरकारका कट्टर आलोचक रहेको बीबीसीले जनाएको छ ।

आफ्ना आलोचकलाई साउदी सरकारले बेपत्ता पारेर हत्या गरेको आरोप अमेरिकाले लगाउदै आएको छ । यस्तै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टनियो गुटरेशले पनि खशोगीको अवस्थाबारे सत्यतथ्य प्रस्तुत गर्न माग गरेका छन् ।

पत्रकार खशोग्गीको इस्तानुबलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावासभित्र हत्या भएको प्रमाण आफूसँग भएको टर्कीले पनि दावी गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस