दक्षिणपन्थी नेता जेयर बोलसोनारो बने ब्राजिलको राष्ट्रपति

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ कार्तिक १२, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक १२, काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा दक्षिणपन्थी नेता जेयर बोलसोनारो निर्वाचित भएका छन् ।

हिजो भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी नेता फर्नान्डो हड्डाडलाई पराजित गर्दै दक्षिणपन्थी नेता बोलसोनारो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

उनले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी वामपन्थी नेता हड्डाडले ४४ प्रतिशत मत मात्र प्राप्त गरे ।

सेनाका भूपूर्व कप्तान ६३ वर्षीय बोलसोनारो एउटा सानो तथा अनुदारवादी सोसल लिबरल पार्टीको प्रतिनिधित्व गर्छन् ।

उनले चुनावका क्रममा आपराधिक गतिविधि तथा हत्याको दर कम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता पनि उनले गर्दै आएका छन् ।

तर गर्भपतन, जातिवाद, आप्रवासन, समलिंगी तथा बन्दुक स्वामित्वसम्बन्धी कानुनबारे उनले जनाएका उक्साउने खालका टिप्पणीहरुका कारण उनको आलोचना हुने गरेको छ ।

निर्वाचन प्रचारका क्रममा बोलसोनारोमाथि चक्कु प्रहारसमेत भएको थियो ।

जसका कारण उनको शरीरबाट ४० प्रतिशत रगत बगेको थियो र उनलाई तत्काल शल्यक्रिया गरिएको थियो ।(एजेन्सी)

ताजा अपडेट

खोजी गर्नुहोस